समाचार

कांग्रेस र कम्युनिष्टसँग जनता वाक्क दिक्क भैसके : कमल थापा

kamal thapa

३० माघ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ठ र कांग्रेसको काम र व्यवहारबाट जनता वाक्क दिक्क भएको बताएका छन् । संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरतातर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हावी भएको बताए ।

आज पार्टीको हेटौंडा–५ मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले ‘सर्बर्वधर्म समभाव’ सहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको विचार व्यक्त गर्दै धार्मिक द्वन्द्व चर्केर जाने खतराप्रति चिन्ता प्रकट गरे ।

थापाले निर्वाचन प्रणाली खर्चिलो भएको निष्ठा र इमानदारीताको राजनीति कमजोर हुँदै गएको भन्दै थापाले विकास र समृद्धिको सपनालाई २०६२/६३ पछिको परिवर्तनले संस्थागत गर्नुको सट्टा चकनाचुर पारेको उनको टिप्पणी थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस