३० माघ, काठमाडौं । गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा गण्डकीले एपीएफलाई र आर्मीले पुलिसलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रबेश गरेका हुन् । खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–० को सोझौ सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।
गण्डकीले एपीएफ क्लबलाई २५–२१, २९–२७, २५–१५ को सोझो सेटमा ३–० सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । प्रतियोगितामा गण्डकीले फाईनल सुरक्षित गर्ने क्रममा पहिलो सेट २५–२१ ले लिएको थियो । गण्डकीले अन्त्यमा २९–२७ को सेटमा आफनो पक्षमा पार्दै विभागीय टोलीको बर्चस्वलाई तोड्न सफल भयो । तेस्रो सेटमा गण्डकीले सुधारिएको खेल प्रदर्शन गर्दै २१–१५ को अग्रता लिएपछि एपीएफ भने उपाधिको प्रतिशपर्धाबाट बाहिरियो ।
पहिलो खेलमा नेपाल पुसिल क्लबसँग पराजित गण्डकीले दोस्रो खेलमा त्रिुभवन आर्मीलाई ३–१ सेटले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीले पुलिसको चुनौतीलाई २६–२४ मा पहिलो सेटमा पराजित गर्दै अग्रता लिएको थियो । दोस्रो सेटमा आर्मीले पुलिसलाई २५–२२ र तेस्रो सेट २५–१४को सेटमा पराजित गरेको थियो ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउने छन् । यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।