समाचार

गुल्मीमा १३ वर्षीया बालिकामाथि बलात्कार, २९ वर्षीय युवक पक्राउ

rape

३० माघ, गुल्मी । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा गुल्मी प्रहरीले २९ वर्षका १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर राना छन् ।

रानाले ती बालिकालाई सोमबार ललाई फकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

प्रहरीले रानामाथि थप अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस