समाचार

ओलीले चुनाव गरेर गल्ती सच्याउनुपर्छ, काँग्रेस चुनावका लागि तयार छ : काँग्रेस नेता बस्नेत

Mohan bahadur basnet

३० माघ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव गरेर गल्ती सच्याउन आग्रह गरेका छन् । काँग्रेस चुनावको पक्षमा रहेको प्रष्ट पार्दै चुनावबाटै समस्याको निकास निकाल्नुपर्नेमा जोड दिए ।

‘प्रधानमन्त्रीज्यू तपाईंले गर्नुभएको अपराध पखाल्न निर्वाचन गर्न जानुस् र सच्चिनुहोस्,’ रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बस्नेतले भने, ‘चुनाव गर्न सक्नुभएन भने इतिहासमै सबैभन्दा बाढी कालो धब्बा लगाउनुपर्छ ।’ उनले देशमा चुनाव हुने सुनिश्चितता अनिवार्य भएको बताए । काँग्रेस चुनावका लागि तयार रहेको स्पष्ट पारे ।

अदालतलाई थ्रेट दिने कार्य कहीं कतैबाट हुन नहुने बताए । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्डलगायतका नेताहरुले अदालतलाई धम्की दिइरहेको भन्दै आलोचना गरे । उनले भने,‘अदालतलाई कसैले थ्रेट दिन मिल्दैन । केपी ओलीजी र विरोधीहरुले अदालतलाई थ्रेट दिन मिल्छ ?’ काँग्रेस अदालतको निर्णयलाई पर्खन तयार भएको बताए ।

अदालतको फैसलालाई धैर्यताका साथ कुर्न आग्रह गरे । देशमा संविधान खतरामा रहेको र ट्रयाकमा ल्याउन पनि चुनाव जरुरी रहेको बताए । प्रधानमन्त्री ओलीले वातावरणलाई त्रसित बनाइरहेको आरोप लगाए । प्रतिनिधिसभा पुनर्बहाली भएपनि काँग्रेस मान्न तयार रहेको बताए । कम्युनिस्टहरुले सत्ता र पैसाको लागि लडाई गरिरहेको आरोप लगाए । उनले भने,‘यो कम्युनिस्टहरुको लेनदेन, पैसा र सत्ताको लडाईं हो ।’

देशमा ठुलो संकट आउनसक्ने भन्दै सचेत रहनुपर्ने बताए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर लोकतन्त्रको घाँटी निमोठेको टिप्पणी गरे । राष्ट्रपति भण्डारीको भूमिकामाथि समेत बस्नेतले प्रश्न गरे ।

सरकारले चरित्रकै कारण अराजकता र अस्थिरता बढेको आरोप लगाए । उनले भने, ‘आज ओलीको ठाउँमा प्रचण्ड र माधव नेपाल भएको भएपनि झाँक्री पक्राऊ पर्ने थिइन् ।’ सरकारले हत्या, हिंसा र बलात्कार जस्ता जघन्य घटना रोक्न नसकेको टिप्पणी गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *