
३० माघ, दैलेख । दैलेखमा बलात्कारकाे घटना ढाकछाेप गर्ने प्रयास भएकाे छ । बलात्कार आरोप लागेका दुल्लु नगरपालिका ५ का वडा सदस्य प्रकाश पोखरेललाई जोगाउन आफूहरूलाई दबाब दिइएको पीडित पक्षले गुनासो गरेको छ ।
भारतमा मजदुरी गर्ने एक महिला सुतिरहेको अवस्थामा बिहीवार राति जबरजस्ती ढोका खोली बलात्कार कोसिस गर्दा पीडित महिला चिच्याएपछि छिमेकीले आरोपितलाई नियन्त्रणमा लिएका थिए । स्थानीयले राति नै तत्कालै प्रहरीलाई बुझाइएकोेमा आरोपित दुल्लू इलाका प्रहरी कार्यालयमा थुनामा राखिएको छ । आरोपितका आफन्तले मुद्दा दिन रोकेको पीडित पक्षले टेलिफोनमा बताए ।
मुद्दा दिनबाट रोक्नु दुल्लूको दरबार होटलमा रोकिएको श्रोतले जानकारी दिएको छ । पीडितको सुरक्षामा प्रहरीले ध्यान नपु¥याएको महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सविना बिकले टिप्पणी गरे । यसबारे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले घटनाको बास्तविकता बुझी कारवाही प्रक्रिया बढाउन दुल्लू इलाका प्रहरीलाई भनिसकेको बताए ।