संगीत

विजय र प्रविशा अधिकारीको स्वरमा ‘दुरी मजबुरी’ सार्वजनिक (भिडियो)

Doori Majboori sudir

३० माघ, काठमाडौं । सिडी विजय अधिकारी र प्रविशा अधिकारीको स्वर रहेको ‘दुरी मजबुरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक विजयको शब्द र संगीत रहेको छ । भिडियोमा  सुधीर श्रेष्ठ , आशु न्यौपाने, सरोज खनाल, रश्मि भट्ट, दीपकराज पाठक , उत्तम श्रेष्ठलगायतको अभिनय रहेको छ ।

म्युजिक भिडियोको निर्देशन उत्तम श्रेष्ठ  ‘शिशिर’ले गरेका हुन् । गीतमा कोरियोग्राफी सन्तोष राजबहाकको रहेको छ । छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई र सम्पादन अमृत चापगाईको रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस