
३० माघ, काठमाडौं । सत्ताधारी नेकपाको प्रचण्ड-माधव समूहका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु भएको छ ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता समेर रहेका खनाल नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि शुक्रबार विहान भारत गएका थिए । खनालमा उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको बताइएको छ ।
खनाललाई एपोलो अस्पतालमा राखिएको भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले सामाजिक संजालमार्फत जानकारी दिए । आचार्यले खनाल भर्ना भएको अस्पतालमा पुगेर भेट गरेका थिए ।
राजदूत आचार्यले शीघ्र पूर्ण स्वास्थ्यलाभको शुभकामना पनि गरेका छन् । खनाल श्रीमतीसहित आजै दिल्ली गएका थिए ।
प्रतिक्रिया दिनुहोस