मुख्य समाचार

नयाँ दिल्ली आसपासमा ६.१ रेक्टर स्केलको भुकम्पको झड्का

earthquake India

३० माघ, काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली आसपासमा  शुक्रबार राति भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १० बजेर ३१ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । केन्द्रका अनुसार ताजकिस्तानको जमिनबाट ८० किलोमिटर गहिराईमा भूकम्पको केन्द्रबिन्दु परेको  छ ।

यसअघि आजै राजस्थानमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस