मुख्य समाचार

पश्चिमी वायुको प्रभावः आज वर्षा र हिमपातको सम्भावना

chandragiri himpat

१ फागुन, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बीनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । साथै, अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ । भने, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । भने, प्रदेश नं १ का पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । भने, प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस