समाचार

नेपाल-भारत यातायात सञ्चालन गर्न प्रधानमन्त्री ओलीसँग कञ्चनपुरका नेताहरूको माग

pm nekapa kanchanpur

१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कञ्चनपुर जिल्लाका केन्द्रीय सदस्यहरुले उक्त जिल्लाबाट भारततर्फ जान सहज हुनेगरी सीमापार यातायात सञ्चालन गरिनुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा नेताहरूले यस्तो माग गरेका हुन् ।

नेताहरूले कञ्चनपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको शिलान्यास तत्काल गर्नुपर्ने, महाकाली करीडोरका लागि बजेट लगायतका सबै तयारी भएपनि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनको कारण भइरहेको ढिलाई अन्त्य गरिनुपर्ने, भीमदत्त विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्ने र महकालीको तटबन्ध निर्माण तत्काल थाल्नुपर्ने मागसमेत राखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस