मुख्य समाचार

पेरिसडाँडामा मनाइयो २६औं जनयुद्व दिवस (फोटोफिचर)

peris danda prachanda

१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह आज (शनिबार) ‘जनयुद्ध’ दिवस मनाएको छ । शनिबार पार्टी कार्यालय कोटेश्वरमा एक विशेष कार्यक्रमको आयोजना गरि २६ औं गणतन्त्र दिवस मनाएको हो ।

कार्यक्रममा अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेत्री पम्फा भुसाल, रघुजी पन्त, योगेश भट्टराईलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा अर्का अध्यक्ष माधव कुमार नेपाल भने सहभागी भएका थिएनन् । सो कार्यक्रममा जनयुद्धका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइते तथा अपांग तथा बेपत्ता परिवारलाई सम्मान प्रकट गरिएको थियो ।

१० वर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुवै पक्षबाट १३ हजारभन्दा धेरै व्यक्ति मारिएका थिए । हजारौँ व्यक्ति घाइते र अङ्गभङ्ग भएका थिए । विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको झण्डै १५ वर्ष बितिसक्दा पनि नेताहरुले गरेका बाचा पूरा नगरेको एवं आफ्नो स्वार्थमा जुट्ने र फुट्ने गरेको भन्दै आमनागरिक र कार्यकर्ता निराश बनेका छन् ।

peris danda prachanda

peris danda prachanda

peris danda prachanda

peris danda prachanda

peris danda prachanda

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस