मुख्य समाचार

छात्रालाई होटलमा परीक्षा लिएर जबरजस्ती गर्ने शिक्षक जेल चलान

kaski gilla adlate

१ फागुन, पोखरा । विद्यार्थीलाई होटलमा लगेर परीक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका राष्ट्रिय उच्च मावि टुँडिखेलका शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत कास्कीको आदेशमा शिक्षक शिरिषकुमार बस्ताकोटी जेल चलान भएका हुन् ।

गत मंसिरमा छात्रालाई पोखरादेखि झण्डै २० किमी टाढा रुपातालको एक होटलमा पु¥याएर परीक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका बस्ताकोटीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

शिक्षक बस्ताकोटीले गत मंसिर १२ गते एक छात्रालाई मौका परीक्षा होटलमा लिन मिल्ने भन्दै मोटरसाइकलको पछाडि राखेर रुपाातालको एक होटलमा पु¥याएका थिए । विद्यालयमा लिनु पर्ने मौका परीक्षा होटलमा लिएको बारे २ महिनापछि मात्र खुलासा भएको थियो ।

प्रहरीले शिक्षक बस्ताकोटीलाई पक्राउ गरी मुद्दा चलाएको थियो । शिक्षक बस्ताकोटीले अदालती बयानमा आफूमाथिको आरोप झुठो भएको बयान दिएका थिए । बस्ताकोटीले विद्यालयका शिक्षक एवं सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीले ती छात्रालाई जसरी पनि पास गराइदिनुपर्ने भन्दै रेस्टुरेन्टमा लगेर परीक्षा दिने वातावरण बनाउन अह्राएको पनि उनको बयान थियो ।

उक्त परीक्षा अमर्यादित बनाएको आरोप विद्यालयका प्रअ सूर्य तिवारी, शिक्षक घनश्याम रेग्मी र विद्यार्थीलाई समेत थियो । अदालतले परीक्षा अमर्यादित बनाएको अभियोगको मुद्दामा शिक्षक बस्ताकोटी र सहायक केन्द्राध्यक्ष रेग्मीसँग जनही ७५/७५ हजार, प्रअ तिवारीसँग ५० हजार, विद्यार्थीसँग ५० हजार धरौटी मागेको थियो । बस्ताकोटीबाहेक अरु सबैजना धरौटी तिरेर छुटेका छन् ।

अदालतले अहिलेको अवस्थामा परीक्षा अमर्यादित बनाएको मुद्दामा उनीहरु निर्दोष भन्ने नदिएको हुँदा पछि ठहरे बमोजिम हुने गरी धरौटी मागेको हो । जबरजस्ती मुद्दामा पनि शिक्षक बस्ताकोटीलाई अहिलेका प्रमाणका आधारमा निर्दोष भन्न सकिने अवस्था नभएको हुँदा पछि ठहरे बमोजिम हुने गरी कारागारमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस