खेलकुद समाचार

सुरोज र पविनको जोडी प्रधानमन्त्री कपको फाइनलमा

pm cup final

१ फागुन, काठमाडौं । सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी चितवनमा जारी योनेक्स सनराइज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको फाइनल प्रवेश गरेका छन् ।

शनिबार बिहान भएको सेमिफाइनल खेलमा महर्जन र लिनथेपको जोडीले साइनोका अभिषेक बोसको जोडी माथि २१.१७, २१.१५ को सोझो सेटको जित निकाल्दै फाइनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीसँगको भेट पक्का गरेका छन् ।

राष्ट्रिय २० वरीयताबाहेकका खेलाडीका बिच भएको प्रतिस्पर्धाको अर्को खेलमा नेपाल र रायमाझीको जोडीले कास्कीका भुगोल गुरुङ र विशाल खड्काको जोडीलाई १५.२१, २१.१९, २१.१८ को प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै उपाधि निकट पुगेका हुन् ।

चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताअन्तर्गत ५५ बर्ष माथीको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पूर्व अध्यक्ष पुष्प श्रेष्ठको जोडी फाइनलमा पुुगेको छ ।

चौधरी र श्रेष्ठको जोडीले चितवनकै कालीदास पाण्डे र राजु थापाको जोडी माथि २१।८, २१।११ को जित निकालेका हुन् । अब उक्त जोडीले फाईनलमा उपाधीका लागि बागलुङ्गका राजेन्द्र शाक्य र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । शाक्य र श्रेष्ठको जोडीले चितवनका राजु कुमााल र उपेन्द्र सिंह पन्तको जोडीलाई २१।१०, २१।७ ले पराजित गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस