१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा लुम्बिनी केवलकारको शिलान्याश गरेका छन् । बुटवल उपमहानगर ३ बाटबाट पाल्पाको तिनाउ बसन्तपुर डाँडा जोड्ने हिलस्टेसन सहितको केबुल कार करिब ३ अर्बको लगानीमा आगामी एक वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको जनाईएको छ ।
केबलकार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रुतरुपमा अगाडि बढाउँछ भन्दै आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताए । कोभिडले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस परियोजनाले सहयोग पुर्याओस भन्ने आफ्नो शुभकामना रहेको उनले बताए ।
उनले बुटवलको जनसंख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकका माझ यो केबलकार लोकप्रिय बन्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस