समाचार

दार्चुलामा नहरको पर्खाल भत्किँदा २ जनाको मृत्यु

Death Body

१ फागुन, दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा निर्माणाधीन विद्युतको नहरको पर्खाल भत्किंदा २ जनाको मृत्यु भएको छ ।

मज्जे खोला लघु जलविद्युत आयोजनाको निर्माणाधीन पर्खाल भत्किंदा मार्मा गाउँपालिका वडा नम्बर १ पाकुका अन्दाजी ४५ वर्षिय बल्देव महरा र अपी हिमाल गाउँपालिका वडा नम्बर ६ मज्जेकी अन्दाजी ४० वर्षिया गोमती धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घट्नाको थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमल बहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस