मुख्य समाचार

बलात्कारविरुद्ध माइतीघरमा प्रदर्शन : तिम्रो कानुन चाहिँदैन, छोरी मार्न पाइँदैन (तस्बिरहरु)

rape protest

१ फागुन, काठमाडौं । बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शनिबार प्रदर्शन भएको छ । पद्मकन्या क्याम्पसका छात्राहरूले शनिबार दिउँसो मुखमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले १० दिने पहिले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्ट, अढाई वर्ष पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलगायतको घटनामा संलग्नलाई कारबाही गर्न माग गरे । उनीहरू बलात्कारी हत्यारालाई सार्वजनिक गर्न समेत माग गरेका छन् ।

उनीहरूले तिम्रो कानुन चाहिँदैन, छोरी मार्न पाइदैन, बलात्कारीलाई कारबाही गर, हत्यारालाई सार्वजनिक गर लगायतका नारा लगाएका थिए । उनीहरू काेही कालो र काेही सेतो कपडामा उपस्थित भएका छन् ।

rape protest

rape protest

rape protest

rape protest

rape protest

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस