मुख्य समाचार

प्रधानमन्त्री ओलीले ठुलो विश्वासघात गरे : वरिष्ठ नेता पौडेल

ramchandra poudel

१ फागुन, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो विश्वास घात गरेर प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

संसदले प्रधानमन्त्री दिन नसकेमात्रै संसद विघटन गर्नसक्ने सहमतिमाथि धोका भएको पौडेलको भनाइ छ । ‘हामीसँगै बसेर गरेको सहमति केपी ओलीजीले विश्वासघात गर्नुभयो । यस विश्वासघातबाट देशलाई मुक्त गर्नुपर्छ’, पौडेलको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस