
१ फागुन, काठमाडौं । गरिमा विकास बैंकको १४ औं साधारणसभाबाट श्यामप्रसाद बस्याल अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको साधारणसभाबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
स्याङ्जाको गल्याङ नगरपालिका – ३ घर भएका बस्याल बैंकको स्थापनाकालदेखिनै संचालक समितिमा रहँदै आएका थिए । संस्थापक शेयरधनी समूहतर्फ ३ जना र सर्वसाधारण शेयरधनी समूहतर्फबाट ३ जना गरि बनेको ६ जनाको संचालक समितिको पहिलो बैठकले बस्याललाई अध्यक्ष निर्वाचित गरेको थियो ।
यसैगरी १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूहतर्फ संचालकमा श्यामप्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस