उद्योग-वाणिज्य

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ओली र प्रचण्ड-माधव समूहका चालिसे विजयी

chalise

२ फागुन, दाङ । दाङको तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा केपी ओली र प्रचण्ड-माधव समूहको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका रामप्रसाद चालिसे विजयी भएका छन् । नेकपा देशभर विभाजित अवस्थामा पुगेको बेला तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा भने ओली र प्रचण्ड-माधव समूह संयुक्त प्यानल बनाएर प्रजातान्त्रिक समूहसँग चुनाव लडेका थिए ।

प्रगतिशील प्यानलबाट उम्मेदवारी दिएर अध्यक्षमा निर्वाचित चालिसेले ८२९ मत प्राप्त गरे । ओली निकट चालिसेले अर्का प्रत्यासी हिमाल बस्नेतलाई ३४ मतले हराए । उद्योग उपाध्यक्षमा प्रजातान्त्रिक प्यानलका ललितजंग शाह निर्वाचित भए । उनले ८६० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी बामपन्थी प्यानलका यज्ञबहादुर केसीले ७१८ मत प्राप्त गरे ।

यसैगरी वाणिज्य उपाध्यक्षमा तत्कालीन माओवादी निकट मिनराज भण्डारी निर्वाचित भए । उनले ९७१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी गोकर्ण गिरीले ६०३ मत प्राप्त गरे । त्यसैगरी खुला उपाध्यक्षमा तत्कालीन एमाले निकट रुपबहादुर खत्री निर्वाचित भए । उनले ८५६ मत प्राप्त गरे भने प्रजातान्त्रिक प्यानलका तुलसीराम न्यौपानेले ६९२ मत प्राप्त गरे ।

त्यसैगरी महासचिव पदमा प्रजातान्त्रिक प्यानलका बिनिल केसी विजयी भए। उनले १ हजार ५० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी केशबराज केसीले ५०७ मत प्राप्त गरे । त्यसैगरी सचिव पदमा खुशलराम शर्मा ६२२ मतका साथ निर्वाचित भएका छन भने उनका प्रतिद्वन्द्वी बेदप्रसाद वलीले ३२७ मत प्राप्त गरे । सचिव पदकै उमेदवार सपना बस्नेतले ३१३ मत प्राप्त गरिम भने दुर्गाप्रसाद भण्डारीले १६१ मत प्राप्त गरे ।

संघको कोषाध्यक्ष पदमा उम्मेदवार देवबहादुर केसी १०५५ मतका साथ निर्वाचित भएका छन भने उनका प्रतिद्वन्द्वी डिलबहादुर वलीले ४८६ मत प्राप्त गरे। त्यसैगरी सहकोषाध्यक्षमा कमल गौतम ७३३ मतका साथ विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी टेकप्रसाद केसीले ५३२ मत प्राप्त गरे । सहकोषाध्यक्ष पदमै उम्मेदवारी दिएका हेमेन्द्र खड्काले २२१ मत प्राप्त गरे ।

कुल १८११ मत मध्ये १६ सय ५९ मत खसेको थियो । १७ सदस्यीय पदका लागि ४१ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *