
२ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ९०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस