मुख्य समाचार

प्रचण्ड-नेपाल पक्षको प्रश्नः विवाद समाधान नगरी कसरी निर्वाचन सम्पन्न हुन्छ ?

lilamani

२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगलाई दलको विवादबारे टुंगो नलगाई कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरेको छ । आइतबार निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगको छलफलमा सहभागी प्रचण्ड–माधव समूहका नेता  लिलामणि पोखरेलले यस्तो धारणा राखेको सञ्चारकर्मीलाई जानकारी दिए ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै फुटेको नेकपाको दुबै समूहले आफ्नो समूहको निर्णय राजनीतिक दलसम्बन्धी किताबमा अद्यावधिक गर्न आयोगलाई आग्रह गरेका थिए, तर आयोगले ११ माघमा दुबैको दाबीलाई मान्यता नदिने निर्णय ग¥यो ।

त्यसलाई नै आधार मानेर आफूहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निवेदन दिएको भन्दै नेता पोखरेलले भने, ‘दलको ६४ प्रतिशत मत भएको दलबारे टुंगो नगरी कहाँ गएर चुनाव गर्नुहुन्छ भनेर सोधेका छौं । उहाँहरुले जवाफ दिन्छौं भन्नु भएको छ ।’

आयोग सरकारको लाचार छाया नबनोस् भनेर आफूहरुले भनेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस