
२ फागुन, सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको गाडी मोबाइलको संयुक्त टोलीले भेरीगंगा नगरपालिका – ११ रामघाटबाट अवैध काठसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विशेष सूचनाका आधारमा साधीखोलाबाट रामघाटतर्फ आउँदै गरेको भे १ त ७४५० नम्बरको ट्याक्टरमा अवैधरुपमा ल्याउँदै गरेको सालको चिरान ६५ थान (कडी) ५०.५५ क्यूफिट काठ र ट्याक्टर चालक लेकवेशी नगरपालिका – ७, का २१ वर्षीय देव चर्ती, ट्याक्टर साहु भेरीगंगा नगरपालिका – ११ का ४६ वर्षीय कणर्बहादुर घर्ती र काठ मालिक सोही ठाउँका २९ वर्षीय पुष्प आचार्यलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि सव वन डिभिजन कार्यालय जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस