कर्पोरेट

टाइटन जिम एन्ड फिटनेसमा कुमारी बैंकका ग्राहकलाई ३०% सम्मको छुट पाउने

kumari bank 30% discount

२ फागुन, काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वास्थ्य सम्बन्धी विभिन्न क्रियाकलापमा विभिन्न सहुलियत दिने उद्देश्यमा अग्रसर कुमारी बैंक लिमिटेडले टाइटन जिम एन्ड फिटनेस सेन्टरसँग सम्झौता गरेको छ ।

बैंकले सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने क्रममा सो सम्झौता गरेको हो ।

यो सम्झौता अन्तर्गत कुमारी बैंकमा खातावाल सेवाग्राहीहरूले टाइटन जिम एन्ड फिटनेसको मासिक सदस्यतामा ५%, त्रैमासिक सदस्यतामा १०%, अर्धवार्षिक सदस्यतामा १५%, तथा वार्षिक सदस्यतामा ३०% छुट प्राप्त गर्ने प्रावधान छ ।

कुमारी बैंक लिमिटेडका सेवाग्राहीहरूले कुमारीपाटीस्थित टाइटन जिम एन्ड फिटनेस सेन्टरमा सदस्यता लिई यो सुविधाबाट लाभ लिन सकिने बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस