विश्व/प्रवास

तीनजना कोरोना संक्रमित भेटिएपछि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहरमा लकडाउन

new zealand covid 19

२ फागुन, काठमाडौं । कोरोनाभाइरसका कारण न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्याण्डमा लकडाउन लागू गर्नु परेको छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेन्टले कोरोनाभाइरसका तीन नयाँ संक्रमित भेटिएलगत्तै अकल्याण्ड शहरमा तीन दिनको लकडाउन आदेश दिएकी छिन् । न्यूजिल्याण्डले कोरोनाभाइरससँग जुध्नका लागि निकै प्रभावकारी कदम उठाएको भन्दै विश्वव्यापी वाहवाही पाएको छ ।

न्यूजिल्याण्डले उत्कृष्ट रणनीति अपनाएर काम गरेको भन्दै देशमा थुप्रै महिनासम्म सामुदायस्तरमा संक्रमण फैलनसमेत दिएन । अघिल्लो वर्ष कोरोना महामारीको सुरुवातमा नै न्यूजिल्याण्डले आफ्ना सबै सीमा सील गरेको थियो ।

लगभग ५० लाखको जनसंख्या भएको यो देशमा कोरोनाका लगभग २३०० संक्रमित भेटिएको छ भने २५ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस