मुख्य समाचार

बालुवाटार जग्गा प्रकरण: माधव र बाबुराम विरुद्धको रिटमा सर्वोच्चद्वारा प्रमाण झिकाउने आदेश

Baburam madhav

२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरूद्ध मुद्दा चलाउने /नचलाउने विषयमा प्रमाण मागेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासले आइतबार सुनुवाइ गर्दै प्रमाण बुझ्ने आदेश गरेको हो ।

अधिवक्ता वालकृष्ण न्यौपानेले नेपाल र भट्टराईलाईसमेत लाई मुद्धा चलाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान प्रस्ताव गर्ने तत्कालिन मन्त्री र सचिव समेतलाई मुद्दा चलाएको अख्तियारले उनीहरूलाई भने छुट दिएको भन्दै उनीहरुलाई पनि मुद्दा चलाउनुपर्ने जिकिर न्यौपानेले दिए ।

सो मुद्दामाथि विशेष अदालतमा रहेको मुद्दाको मिसिल र संलग्न कागजात मगाएर मुद्दा लाग्ने तथा नलाग्ने विषयमा निर्णय लिन लागेको न्यौपानेले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस