समाचार

लागू औषध कारोबारमा संलग्न ९ जना पक्राउ

arrest

२ फागुन, काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरोले लागू औषध कारोबारमा संलग्न ९ जना जनालाई पक्राउ गरेको छ ।

लागू औषध ब्यूरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका लागू औषध कारोबारमा संलग्न ९ जना आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुलाई लागू औषध एम्फेटामाईन २ सय २२ ग्राम र नियन्त्रित लागू औषध २४ सय ७० एम्पुलसहित पक्राउ गरिएको प्रहरी बरिष्ठ उपरिक्षक दिलिप चौधरीले जानकारी दिए ।

उनीहरुको साथबाट डाईजेपाम –९२८ एम्पूल, बुप्रेनोर्फिन ७८२ एम्पूल, फेनारगन–६८४ एम्पूल, लुपिजेसिक–७६ एम्पूल गरी कुल नियन्त्रित लागू औषध २४ सय ७० एम्पूल र नगद ९० हजार पाँच सय रुपैंयाँ बरामद गरेको उनले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरुले एउटै सञ्जाल निर्माण गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस