सेयर मार्केट

सेयर बजार राताम्मे, नेप्से बजारमा ३३ अंकको गिरावट

Nepal Stok exchange

२ फागुन, काठमाडौं । फागुन महिनाको पहिलो कारोबार सेयर बजारमा राताम्मे छाएको छ ।

म्युचुअल फण्ड बाहेकका सबै समूहहरुको सक–इन्डेक्स घटेर बजार राताम्मे देखिएको हो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३३ दशमलव ३३ अंकले घटेर २ हजार ४ सय ९३ दशमलव ५९ अंकमा झरेको छ ।

घटेको बजारमा ६ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन १ करोड ४८ लाख ५१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक आरालो लागेको छ ।

नेपाल इन्फ्रास्टक्चर बैंकको भाउमा भने सकारात्मक सर्किट लागेको छ । खरिदबिक्री रकममा नेको इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसको ५२ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस