समाचार

भालुको पित्तसहित एक जना पक्राउ

pakrau

२ फागुन, काठमाडौं । भालुको पित्तसहित एक जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको बुढानिलकण्ठ–७ विष्णुमति चोकबाट भालुको पित्तसहित संखुवासभाका ३२ वर्षीय बिगुल राईलाई पक्राउ गरेको हो ।

राईबाट प्रहरीले १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्त २ थान बरामद गरिएको जनाएको छ । राईले भालुको पित्त प्रतिग्राम २५ हजारका दरले बिक्री गर्न लागेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस