
२ फागुन, जनकपुर । महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले जनकपुरधाममा महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु भएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोले मेलाको उद्घाटन गरेकी हुन् । तीन दिनसम्म चल्ने प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री महतोले उद्यमीहरुलाई सक्षम बनाउनका लागि आफु तम्तयार रहेको बताइन् ।
उनले महिलाहरुलाई आफ्नो सीपको प्रदर्शन गरेर एक सक्षम उद्यमीको रुपमा स्थापित हुनका लागि आग्रह समेत गरिन् ।
प्रतिक्रिया दिनुहोस