विश्व/प्रवास

३५ वर्षीय महिलामा, ३१ पटकसम्म कोरोना पोजेटिभ

corona testing lab

२ फागुन, काठमाडौं । भारतको राजस्थानकी एक ३५ वर्षीय महिलाले विगत पाँच महिनादेखि कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आइरहेको छ । अहिलेसम्म ३१ पटक उनको रिपोर्ट पोजेटिभ आइसकेको छ । यो घटना डाक्टरहरुका लागि चुनौती हुनसक्छ । स्वास्थ अधिकारीहरुका अनुसार कोरोना भाइरस १४ दिनको समय–चक्रमा निको हुन्छ भन्ने सिद्धान्तलाई यसले खण्डन गरिरहेको छ ।

यी महिला बस्दै आएको आश्रमका अधिकारीहरुका अनुसार ४ सेप्टेम्बरदेखि ७ जनवरीसम्म  १७ पटक पिसिआर र १४ पटक ¥यापिड एन्टिजन परीक्षण गर्दा यी महिलामा लगातार पोजेटिभ नतिजा आयो । यसले मेडिकल डाक्टरहरुलाई पनि हैरान गरेको गरेको छ ।

संक्रमित शारदादेवी गत अगस्टदेखि नै राजस्थानको भरतपुरस्थित आश्रममा बसिरहेकी छिन् । आश्रममा नयाँ व्यक्ति भएकाले नियमानुसार उनको कोरोना परीक्षण गरियो र नतिजा निरन्तर पोजेटिभ आयो । क्वारेन्टाइन बसेदेखि नै उनलाई एलोपेथिन, होमियोपेथिक र आयुुर्वेदगरी तिनैथरी औषधि दिइएको थियो । यसका बाबजुद उनको परीक्षण रिपोर्ट नेगेटिभ आइरह्यो ।

डाक्टर बीएम भारतद्धाज भन्छन्, ‘कोरोना भाइरस पोजेटिभ देखिनुका बाबजुद उनी स्वस्थ अवस्थामा छिन् र उनको तौल ७–८ किलो बढेको छ ।’ अधिकारीहरुका अनुसार आश्रममा आएका बेला सारदा देवी निकै कमजोर थिइन् र ठिकसँग पनि उनलाई गाह्रो थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस