
२ फागुन, सुर्खेत । कर्णाली प्रदेशका मुख्य न्यायाधीवक्ता विद्याभुषण मानन्धरले आइतबार राजिनामा दिएका छन् ।
मानन्धर मुख्य न्यायाधिवक्ताको पदमा ०७४ साल चैत्र २८ गते नियुक्त भएका थिए । राजनीनामा घोषणापछि उनले भने, ‘आफ्नो पदीय जिम्मेवारीमा रही २ वर्ष १० महिनाको ऐतिहासिक कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा मैले आफुलाई गौरवान्वित ठानेको छु ।’
साथै मानन्धरले ऐतिहासिक जिम्मेवारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारप्रति सामाजिक सञ्जाल फेसबुकमार्फत हार्दिक आभार व्यक्त समेत गरेका छन् । उनले आफ्नो निजी कार्यव्यस्तताका कारण आफुले सम्हाल्दै आएको जिम्मेवारीमा रहिरहन नसक्ने भएकाले पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस