समाचार

मोटरसाइकल चोरीका ३ अभियुक्त पक्राउ

arrest

२ फागुन, मकवानपुर । मकवानपुर जिल्ला प्रहरी कार्यालयले चोरी भएको मोटरसाइकलमा संलग्न तीन जनालाई मोटरसाइकलसहित पक्राउ गरी आज कारबाही प्रक्रिया शुरु गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ का शेरबहादुर पाख्रिनको वाग्मती प्रदेश ०३–००२ ५०५१६ नंको चोरी भएको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाइएको छ ।

पक्राउ पर्नेमा  सर्लाहीको वाग्मती गाउँपालिका–१२ का २० वर्षीय टेकबहादुर गोले, सर्लाही लालबन्दी  नगरपालिका–१४ का २७ वर्षीय जनक तामाङ र सिन्धुली मरिण गाउँपालिका–८ बस्ने २० वर्षीय निकेश वाइवा पक्राउ परेको  सो प्रहरी कार्यालयका प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । चोरीमा संलग्न रहेका सिन्धुली मरिण गाउँपालिकाका सुरज तामाङको खोजतलास जारी रहेको उनले भने ।

पक्राउ परेकाहरुमाथि मुद्दा दर्ता गरी आवश्यक कारवाही र अनुसन्धान प्रक्रिया शुरु भएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *