विश्व/प्रवास

अफगानिस्तानको रक्षामन्त्रीका चालक र छोराको हत्या

afghanistan bomb blast

२ फागुन, काठमाडौं । अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्या भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो ।

राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरुको हत्या भएको अधिकारीहरुले जनाएका छन् । देशका शान्ति स्थापनाका लागि प्रयासहरु भइरहेका बेला दर्दनाक हिंसात्मक घटनाहरु पनि भइरहेका हुन् ।

घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन् । लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरु भइरहे पनि सफलता मिल्न सकेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *