समाचार

कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

tiger

२ फागुन, कैलाली । कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणबाट २६ बर्सिया कला धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । पुष्पान्जली सामुदायिक बनमा घाँस काट्न गएको बेला उनलाई बाघले आक्रमण गरेको हो ।

प्रहरीका अनुसार दिउँसो ३ बजे खबर आएपछि खोजतलासमा जुटेको प्रहरी टोलीले सवा ४ बजे ती महिलाको शव फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार घास काट्न गएको स्थानभन्दा केही पर उनको शव फेला परेको थियो । केही दिन यता कैलालीमा बाघले मानिसलाई आक्रमण गर्ने घटना बढ्न थालेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *