मुख्य समाचार

कीर्ते हस्ताक्षरको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना पक्राउ

kirte sign arrest

२ फागुन, बारा । बाराको सिम्रौनगढ नगरपालिकाका मेयरसँग मिलेर माइन्युटमा किर्ते हस्ताक्षर गरेको आरोपमा प्रहरीले ३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सिम्रौनढ नगरपालिकाको गत असार २६ गते भएको नगरसभाको माइन्यूटमा किर्ते हस्ताक्षर गराएर नगरप्रमुख विजयशंकर यादवलाई सघाएको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

माइन्युटमा किर्ते हस्ताक्षर गरेको आरोपमा प्रहरीले नगरपालिकाको योजना शाखाका कर्मचारी जितेन्द्र यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई ३ दिनअघि नै नियन्त्रणमा लिएको थियो भने प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल आइतबार स्वयं हाजिर भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

नगरप्रमुख यादव किर्ते हस्ताक्षर गराई नगरसभा सम्पन्न गरेपछि उपप्रमुख रिमा देवीको नेतृत्वमा नगर कार्यपालिकाका १७ जना सदस्यहरुले बारा जिल्ला अदालतमा मुद्दा दिएका थिए । मुद्दा परेपछि नगरप्रमुख यादव हाजिर भएर तारिखमा छुटेको उपप्रमुख यादवले जानकारी दिइन् । उनले भनिन्, ‘नगरप्रमुख विजय शंकर यादवले नगरसभामा मनोमानी गरेपछि हामीले विरोध गरेका हौं, कर्मचारीहरुसँग मिलेर कीर्ते हस्ताक्षर गराई नगरसभा सम्पन्न गरेकोमा हाम्रो विरोध हो ।’ प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस