समाचार

थप १०४ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus

२ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा इलाममा १, उदयपुरमा २, धनकुटामा १, मोरङमा ३, रौतहटमा १, काठमाडौँमा ४७, भक्तपुरमा २, मकवानपुरका १, र ललितपुरमा १२ जना संक्रमित थपिएका छन् ।

यस्तै कास्कीमा २५, गोरखामा १, तनहुँमा १, लमजुङमा १, बागलुङमा १, स्याङ्जामा १, कपिलवस्तुमा १, दाङमा १, पाल्पामा १, तथा सुर्खेतमा १ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा थप ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ५४ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *