
३ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै सोमबार चाँदीको १३४० रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी १३३५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस