समाचार

संसद् विघटन गर्नुअघि धेरैपल्ट सोचेको हुँ : प्रधानमन्त्री ओली

kp sharma

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नुअघि आफूले धेरैपल्ट सोचेको बताएका छन् ।

सिंहदरबारमा आफ्नो तीन वर्षको कामको समीक्षा गर्दै उनले यस्तो बताएका हुन् । उनले वैकल्पिक सरकारको सम्भावना नरहेपछि आफूले संसद् विघटन गर्नुपरेको बताएका छन् । उनले संसदले पनि आफूलाई असहयोग गरेको गुनासो पनि गरे ।

“संसदीय समितिमा पुगेका विधेयक संसदीय समितिमा फसाइयो । सरकारले निर्णयका लागि संसद्मा पेस गरेका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिँदैन । राजदूत खालि छन् नियुक्ति गर्न दिइँदैन । संवैधानिक अंगमा कसैको सिफारिस भयो त्यहाँ कचिंगल मच्चाइन्छ । आफ्नै दलका नेता प्रयोग हुन्छन्,” उनले भने, “कार्यकारी पदमा अनुपयुक्त व्यक्ति अघि सार्ने, एक हिसावले भन्दा समानान्तर सत्ता सञ्चालन गरिन्छ ।

यस्तो अवस्थामा सकेसम्म अल्मल्याउने, नभए कामै गर्न नदिने आफ्नै दलका साथीहरु उभिए । नेकपाका शीर्ष तहमा रहेका नेताहरुको आकांक्षा र कुण्ठाको बाछिटा व्यवस्थिपाकामा नपरोस् भनेर सचेत रहेकै हुँ । समयभन्दा अघि निर्वाचनको बाटोमा हिँड्न नपरोस् भनेर मैले धेरै प्रयास गरेको हुँ ।” उनले अर्का अध्यक्ष पुष्पकमल दाहालले पर्चा छापेर जिल्लामा पु¥याएको पनि आरोप लगाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *