रोचक

भेटियो पृथ्वीको सबैभन्दा पुरानो बियर कारखाना

old bear factory

४ फागुन, काठमाडौं । मिस्रमा संसारको सबैभन्दा पुरानो  बियर कारखाना भेटिएको छ । अमेरिका तथा मिस्रका पुरातत्वविद्को संयुक्त टोलीले  भेट्टाएको यो बियर कारखानालाई संसारको सबैभन्दा पुरानो फैक्ट्री मानिएको छ । पुरातत्वविद्हरुका अनुसार यो प्राचीन मिस्रको सबैभन्दा पुरातात्विक स्थलमा भेटिएको सबैभन्दा पुरानो पुरातात्विक संरचना हुनसक्छ ।

इजिप्टका प्राचीन वस्तुको सर्वोच्च परिषद्का महासचिव मुस्तफा वजिरीका अनुसार यो बियर कारखाना नील नदीको पश्चिमी किनारस्थित प्राचीन समाधिस्थल रहेको स्थान एबिडोसमा पाइएको हो । यो स्थान दक्षिणी काहिराबाट ४५० किमी टाढा  रहेको छ ।

वजिरीका अनुसार यो कारखाना इजिप्शियन राजा नारमेरको क्षेत्रमा भेटिएको छ । राजा नारमेर (३१५० ईसापूर्व देखि २६१३ ईसापूर्व) प्राचीन मिस्रको एकीकरणको जनक मानिन्छ ।

वजिरीका अनुसार पुरातत्वविद्ले यस ठाउँमा आठवटा विभिन्न इकाई भेटेका छन् । प्रत्येक इकाई २० मीटर लामो र २ दशमलब ५ मीटर चौडा रहेको छ। यहाँ माटोले बनेका विभिन्न आकृतिका ४० वटा भाँडाकुँडा पनि फेला परेका छन् । उनले यी भाँडाको प्रयोग बियर उत्पादन लागि बाली  र पानीको मिश्रण तताउने कार्यका लागि गने अनुमान गरेका छन् ।

old bear factory

यस संयुक्त अभियानको सह अध्यक्षता न्यूयोर्क विश्वविद्यालयका फाइन आर्ट्स संस्थानका डाक्टर म्याथ्यू एडम्स र प्रिन्सटन विश्वविद्यालयका सह प्राध्यापक डेबोरा विसचाकले गरेका थिए ।

एडम्स भन्छन्, ‘ त्यस बेलाका शाही भोजभतेरका लागि यस क्षेत्रमा बियरको यो कारखाना स्थापित गरिएको थियो होला।’  उनका अनुसार पुरातत्वविद्हरुले प्राचीन मिस्रमा बली दिने बेलामा बियरको प्रयोग हुने प्रमाण पनि भेटिएका  छन् ।

मिस्रको प्राचीन वस्तुसँग सम्बन्धित मन्त्रालयका अनुसार बेलायतका पुरातत्वविद्हरुले सन १९०० तिर नै यो कारखाना बारे उल्लेख गरेका थिए । तर त्यसबेला यसको लोकेसन पत्ता नलागेका कारण कारखाना उत्खनन हुन सकेन। दाबी गरिएको झण्डै १२० वर्ष पछि बेलायतका पुरातत्वविद्ले भनेको कुरा प्रमाणित भएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *