मुख्य समाचार

माधव नेपालको आलोचना गर्दै ओलीले भने– निर्वाचन हारेर जस्केलाबाट प्रधानमन्त्री हुने ?

kp sharma

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालप्रति खरो टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीका तीनवर्षे कार्यकालको समीक्षाका लागि सिंहदरबारमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव नेपालतर्फ संकेत गर्दै भने, “निर्वाचनबाट पराजित हुने जस्केलाबाट छिरेर प्रधानमन्त्री हुने ? विगतका ति कुराहरुलाई सम्झिकन त्यो अस्वस्थ क्रियाकलापको ढोका सधैँका लागि बन्द गर्नु आवश्यक थियो ।” उनले पार्टी कमजोर बनाउने अपराधपूर्ण काम गरिएको भन्दै आलोचना गरे ।

“त्यस्ता आकांक्षाका लागि अनुचित हर्कत गर्नु त्यो अलोकतान्त्रिक हो । जनताका बीचमा जानु अलोकतान्त्रिक होइन । पार्टीमा आन्तरिक प्रतिष्पर्धा हुन्छ । पराजित भएपछि एक अवधिसम्म त्यस पराजयलाई स्वीकार्नुपर्छ । विजयी हुनेलाई सहयोग गर्नुपर्छ त्यो  आफू पराजित भएको ठाउँ नै चाहियो भन्ने ? नभए विभिन्न प्रकारका समीकरण गर्ने ?”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस