
३ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले उहिलेका राजामहाजाको जस्तो नक्कल गरिरहेको टिप्पणी गरेका छन् । तर ओलीले प्रतिगमनको बाटो पक्रिसकेको भन्दै प्रचण्डले उनले हारिसकेको बताए ।
‘हामी संविधान मिचिएको कुरा, लोकतन्त्रमाथि प्रहार भएको कुराविरुद्ध आन्दोलनमा छौं । उहाँले पञ्चल्यालीहरु जम्मा गर्ने, जमिन बाँड्छौं भनेर मान्छे उतार्ने, पहिलाका राजामहाराले जे गर्थे त्यही गर्नु भएको छ । त्यसको केही अर्थ र महत्व छैन’, प्रचण्डले भने, ‘मैले सुरुदेखि नै भनेको छु, जतिबेला उहाँले प्रतिगमनको बाटो पक्रिनु भयो । जतिबेला प्रतिक्रान्तिको बाटो पक्रिनु भयो उहाँले हारिसक्नु भएको छ ।’
गृहजिल्ला सोमबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले ओलीले संविधान र लोकतन्त्रमाथि प्रहार गरेको पनि आरोप लगाए ।