समाचार

पत्रकार पन्त र कार्कीलाई इन्जा खोजी पत्रकारिता पुरस्कार

Tapendra and Shushil

३ फागुन, काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्त र नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्कीलाई प्रदान गरिने भएको छ ।

एक लाख रुपैयाँ राशीको सो पुरस्कार पत्रकार कार्की र पन्तलाई संयुक्त रुपमा प्रदान गर्न लागिएको हो ।

पत्रकार कार्कीले नेपाल प्रहरीमा लत्ताकपडा खरिदसम्बन्धमा भएको अनियमितता सम्बन्धी समाचार र पत्रकार कार्कीले कोरोना विपत्तिको समयमा समेत सांसद र उनीहरुका पीएले दसैं भत्ता लिएका समाचारलाई प्रकाशन गरेका थिए ।

समाचार माध्यमहरुको लगातारको निगरानीपछि छानवीन हुँदा नेपाल प्रहरीमा लत्ताकपडा खरिदमा अनियमितता भएको पुष्टि भएको थियो भने सांसदहरुले दशैंभत्ता फिर्ता गर्न वाध्य भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *