समाचार

वाणिज्य विभागका सुब्बा ८ हजार घुससहित पक्राउ

ciaa akhtiyar nepal

३ फागुन, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्द ८ हजार घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीलाई शेयर पूजी बढाएको प्रमाण पत्र लिनको लागि लेखापढीको काम गर्ने रामबाबु दाहालमार्फत घुसलिएको अभियोगमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियार टोलीले दाहालले घुस चन्दलाई दिई सकेको अवस्थामा भाग परिसरबाट दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस