विश्व/प्रवास

म्यानमारमा नयाँ कानून घोषणा: ‘कू’ विरुद्ध प्रदर्शन गर्नेलाई २० वर्षको कैद सजाय

myanmar protest

३ फागुन, काठमाडौं । म्यानमारका सेनाले सैन्य ‘कू’ को विरोध गर्नेहरुलाई २० वर्षको कैद सजाय तोकेको छ । अब म्यानमारमा प्रदर्शनकारीले सैनिक बलमाथि अवरोध पुर्याउनेलाई जेल सजाय हुने भएको छ ।

‘कू’ गर्ने नेताको गाली बेइज्जती गरे र उनीहरुविरुद्ध घृणा फैलाउने कार्यमा सहभागी हुनेहरुको सजाय थप हुने र जरिवना पनि तोकिने भएको छ । म्यानमारका विभिन्न शहरमा सेनाका बख्तरबन्द गाडी देखिएका बेला यहाँको कानूनमा परिवर्तन भएको घोषणा गरिएको हो ।

हालैका दिनमा म्यानमारमा हज्जारौं जनता सडकमा उत्रिएका छन् । प्रदर्शनकारीले आङ सान सुकीलगायत थुप्रै नेता रिहाका साथै प्रजातन्त्र पुनर्स्थापनाको  माग गरिरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस