सेयर मार्केट

९२ अंकले बढ्यो सेयर बजार, एक सातामै बन्यो नयाँ रेकर्ड

stock market

३ फागुन, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से सोमबार ९२.४२ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै परिसूचकले २५८६ अंकको नयाँ रेकर्ड बनाएको छ। यसदिन १० अर्ब भन्दा बढीको सेयर खरिद बिक्री भएको छ ।

आइतबार भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले शेयर धितो कर्जा सम्बन्धीको व्यवस्थामा कम्तिमा तीन महिना कुनै परिमार्जन नहुने व्यवस्था गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । आज सबै समुहमा बढोत्तरी छ ।

किसान लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य आज १ हजार ६ सय ७२ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबारको तुलनामा १ सय ५२ रुपैयाँले बढेको हो । यसको सेयर मूल्य १० प्रतिशतले बढेको थियो । यता दोस्रो धेरै कमाउनेमा फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ ।

यसको आजको सेयर मूल्य ३ हजार २ सय ४५ रुपैयाँ रहेको छ । यसको सेयर मूल्य पनि १० प्रतिशतले बढेको हो । सामुदायिक लघुवित्त वित्तीय संस्था तेस्रो धेरै कमाउनेमा  परेको छ । यसको सेयर मूल्य १ हजार ३ सय ७५ रुपैयाँ रहेको छ ।

यसको पनि १० प्रतिशतले सेयर मूल्य बढेको हो । मौद्रिक नीतिको समिक्षाले लघुवित्तको  सेयरमा कडाइ गर्ने हल्ला चलेपनि लघुवित्त सम्बन्धी कुनै पनि कडाइको व्यवस्था नगरेका कारण लघुवित्त कम्पनीको सेयर मूल्य चम्किएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *