कर्पोरेट

नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा संस्थानमा

nepal bank aggrement

३ फागुन, काठमाडौं । नेपाल बैंक लिमिटेडले राष्ट्रिय बीमा संस्थानमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन गर्ने भएको छ ।

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच उक्त संस्थानका ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले एक्सटेन्सन काउन्टर सञ्चालन गर्ने सम्झौता भएको हो ।

साथै संस्थानमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहूलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र संस्थानकातर्फबाट प्रमूख प्रशासक कविराज पाठकले हस्ताक्षर गरे ।

नेपाल बैंक लिमिटेडले देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटीएम तथा अन्य बिभिन्न विद्युतीय/डिजिलट माध्ययमबाट समेत आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *