
३ फागुन, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या २ हजार ५५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना संक्रमित थपिएका छन् ।
त्यस्तै आज १४४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार २०४ जना छन् ।
प्रतिक्रिया दिनुहोस