बागमती प्रदेश

तामाकोशी नदीमा बेपत्ता किशोरको शव तेह्र दिनपछि फेला

bead body tag

३ फागुन, दोलखा । दोलखा जिल्लाको विगु गाउँपालिका ४ स्थित बलिटारमा ट्याक्टर दुर्घटनामा परी तामाकोशी नदीमा बेपत्ता भएका ट्याक्टरका सहचालक अनन्तबहादुर खड्काको शव तेह्र दिनपछि फेला परेको छ ।

सोमबार खड्काको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले तेह्र दिनपछि फेला पारेको हो । खड्का सोही जिल्लाको गौरीशंकर गाँउपालिका ५ बस्ने खड्का माघ २० गते भएको ट्याक्टर दुर्घटनामा परी सो नदीमा बेपत्ता भएका थिए ।

उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्ड खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव घटनास्थलदेखि चारसय मिटर तल नदीमा डुबेको अवस्थामा फेला पारेको हो ।

एपीएफ टोलीले उनको शव स्थानीय प्रहरीलाई बुझाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *