विश्व/प्रवास

उत्तराखण्ड हिमपहिरोः अझै १४७ जना बेपत्ता, क्षतविक्षत शव निकालिँदै

himtal bispot

४ फागुन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएका हरुको लगातार दशौं दिनपनि खोजीकार्य जारी छ । तर यो काममा लागी परेका समूहले आशा मार्दै गएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार घटनास्थल र त्यस आसपासका इलाकाबाट क्षत विक्षत शव निकालिँदै छ । उत्तराखण्डका प्रहरी अधिकारी अशोक कुमारले उद्दारकार्य दिनरात चलिरहेको भएपनि अब जिउँदो मानिसहरुको उद्धार गरिने आशा निकै कम भएको उनले बताए । यस्तोमा अब उद्धारकार्य ३–४ दिनभन्दा लामो नहुने उनले बताए । यद्यपि, त्यहाँ सर–सफाईको काम भने जारी रहनेछ ।

हालसम्म ५६ व्यक्तिको शव भेटियोः

भारतीय सञ्चार माध्यमका अनुसार हालसम्म ५६ जनाको शव निकालिएको छ । यसका साथै २२ क्षतविक्षत मानव अंग पनि भेटिएका छन् । यसको सनाखत डिएनए परीक्षणमार्फत् गरिनेछ । अहिले पनि १४८ मानिसहरु हराइरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस