
४ फागुन, काठमाडौं । सरकारले विद्युत उत्पादन कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा इन्जिनियर अनन्तराज घिमिरे नियुक्त गरेको छ । नेपाल सरकार, उर्जा मन्त्रालयअन्तर्गतको सो कम्पनीमा घिमिरेले ४ वर्षका लागि नियुक्ति पाएका हुन् ।
थापाथली क्याम्पसको पूर्व लेक्चर, युनिभर्सल कलेजको पूर्व अध्यक्ष भइसकेका उनीसँग नेपाल टेलिकम, हिमालयन कलेज अफ इन्जिनियरिङमा काम गरेको अनुभव पनि छ । यस्तै उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तत्कालिन डीन समेत हुन् ।
प्रतिक्रिया दिनुहोस